शंखपिपल, च्युरा, सल्यान

अध्यक्षको सन्देश

आदरणीय अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरू,



गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने नाराका साथ यहाँहरूलाई हृदयदेखि स्वागत गर्न पाउँदा अत्यान्तै खुसी छु ।
श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शङ्खपीपल, च्युरा, सल्यान औपचारिक रूपमा वि.सं.२०३२ सालमा स्थापना भई ४८ वर्ष पार गरिसकेको छ । यो सल्यान जिल्लाको पश्चिम क्षेत्रको एक उत्कृष्ट विद्यालय हो । गुणस्तयरी पठन पाठन, अनुभवि शिक्षक, शान्त वातावरण र अन्य सुविधाहरूको कारण नै यसको सफलता हो । नेपाली समाज र विश्व समाजमा सजिलै स्वीकार्य र ग्रहणयोग्य बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तन, मन लगाएर अगाडि बढिरहनु भएको छ ।


डिल्लीबहादुर बि.के.
अध्यक्ष
विद्यालय व्यवस्थापन समिति

image

विद्यालयबाट सन्देश:

image

प्रिय विद्यार्थी, अभिभावक तथा शुभ चिन्तक,



श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शङ्खपीपल, च्युरा, सल्यान परिवारको तर्फबाट हामी तपाईँको भविष्य निर्माणका लागि हामीसँग सामेल हुनुभएको मा हार्दिक स्वागत गर्दछु । श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शङ्खपीपल, च्युरा, सल्यानलाई एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा परिचय गराउन पाउँदा हामी गौरवान्वित महसुस गर्दछौँ । बालबालिकालाई शिक्षित, असल, सक्षम, सिर्जनशील, देशप्रेमी, चरित्रवान्, व्यावहारिक बनाउने उद्देश्य लिएर यस विद्यालयको औपचारिक स्थापना २०३२ सालमा भएको हो । यसले साधारण र प्राविधिक धार तर्फ बालिविज्ञान सञ्चालन गर्दै आएको छ ।
विद्यालयमा व्यवस्थित पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटरल्याव, कृषिल्याव, स्मार्टबोर्ड, प्रोजेक्टर र शान्त वातावरणमा सिक्ने वातावरण प्रदान गर्दैआएको छ ।


श्री त्रिभुवन जनता मा.वि. शङ्खपीपल
च्युरा, सल्यान परिवार