शंखपिपल, च्युरा, सल्यान

परिचय

बाँझकाेट काफलपानी गाउँ पञ्चायका पहिलाे प्रधानपञ्च भए खुलस्त बहादुर शाह । उनी त्याे बेलाका पढेलेखेका नेता थिए । उनले गाउँमा शैक्षिक विकास गर्ने हेतुले वि.सं. २०२२ मा थागलकाे कटेराे बनाएर शङ्खपीपलमा च्युरामा विद्यालयकाे स्थापना गरे । विद्यालय स्थापना गरेपछि शेरबहादुर घर्ती इन्द्रबहादुर शाह शिक्षककाे रूपमा नियुक्त गरियाे । हिरालाल विष्ट, डम्वर विष्ट, हिर्मा साहू, चुडामणि रावत, गुमान सिं नकाल, इमबहादुर नकाल, जय बहादुर शाह, केबश शाह, हर्क सिं राना, रत्न ब राना, सेते राना, राता राना, मुमे टमटा विद्यार्थी थिए । शुल्क महिनावरी १ रूपैया थियाे । शिक्षकले थाेरै तलव पाउने भएकाेले विद्यार्थीले शिक्षक पाल्ने चलन थियाे । विद्यालयले सरकारी स्वीकृती नपाउँदा सम्म थागलकाे टहराे, रुखकाे छहारी मुनि पठनपाठन हुन्थ्यो । विद्यालय भवनकाे स्थिरता थिएन । कहिले शिक्षक खाेलापारिकाे रुखकाे छाहारीमा पढाउथे त कहिले चाैरमै राखेर पढाउथे । सुरुका दिनमा विद्यालय थागलकाे छाप्राे हुँदै चाैर, रुखकाे छहारी हुँदै खाेलापारि सम्म पुग्थ्यो । विद्यालका सुरुका दिन निकै नै कष्टकर थिए । एकतिर विद्यालय स्वीकृति नहुँनु अर्काेतिर विद्यालय सरिरहनु र न्यून तलबका कारण शिक्षक फेरिरहनु विद्यालका निम्ति चुनाैति थियाे ।


वि.सं २०३२ सालमा खुल्ला चाैरमा टहराे थियाे । त्यही टहरामा सन्तकुमार शाह र माेहलाल उपाध्यायकाे अगुवाइमा त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराले स्वीकृति पायाे । यस विद्यालयले स्वीकृति पाउनु अगाडि सन्तकुमार शाह यस विद्यालयकाे शिक्षक र प्रधानाध्यापककाे जिम्मेवारी निर्वाह गरेकाेले पनि हाेला उहाँकाे सक्रियता स्कुल स्थापनामा निकै नै रह्याे । यसरी विभिन्न कठिनाई भाेग्दै अगाडि बढेकाे याे विद्यालले वनगाड कुपिण्डेकाे शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्द‌ै आएकाे छ । याे वनगाड कुपिण्डे नगरपालिकाकाे दाेस्राे माध्यमिक विद्यालय हाे भने वनगाड कुपिण्डे नगरपालिकामा वि. सं. २०६५ सालमा उच्च मा. वि. सञ्चालन गर्ने पहिलाे विद्यालय हाे । यस नगरपालिकामा वि. सं. २०७६ देखि प्राविधिकधार तर्फ कक्षा ९-१२ बालिविज्ञान सञ्चालन गर्ने वनगाड कुपिण्डे नगरपालिकाकाे पहिलाे विद्यालय हाे ।